काठमाडौं - मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ ।

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको पश्चिमी शहर माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिममा अवस्थित उच्च एटलस पर्वतमा रहेको बताएको छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पले माराकेशको पुरानो सहरमा केही भवनहरू भत्किएका छन्। भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो । 

स्थानीय समय अनुसार भूकम्प गए राती ११:११ मा गएको हो।