हरि चौधरी,
काठमाडौं – ब्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य भागलाई नै ब्ल्याकहोल भनिन्छ । यसले जुनसुकै बस्तुलाई पनि कुनै अस्तित्व बाँकी नराखी बेपत्ता पारिदिन सक्छ । ब्ल्याक होलका बारेमा सर्वप्रथम १८ औं शताब्दीतिर चर्चा उठाइएको थियो । तथापि बैज्ञानिक आइन्स्टाइनले यसबारे पुनः अनुसन्धान गरेपछि बैज्ञानिक समुदायमा ठूलो कोतुहलता आयो ।
सन् १९६७ मा आएर भौतिक शास्त्री जोन ह्वीलरले यस बारेमा नयाँ जानकारी प्रकाशमा ल्याए । उनको भनाई अनुसार यसको गुरुत्वाकर्षण शीक्त यति भयानक हुन्छ कि यसले कुनै पनि बस्तु मात्र हैन प्रकाशलाई समेत सजिलै निल्न सक्छ । हालै प्रकाशमा आएको विवरण अनुसार हब्बल अन्तरिक्ष टेलिस्कोप मार्फत करीब पाँच करोड प्रकाश बर्ष टाढा ‘एम ८७’ नामको तारापुञ्जका केन्द्रविन्दुमा केही अनौठो बस्तु देखिएको छ । सूर्यजत्रा करीब दुई अरब भन्दा बढी ताराहरुलाई हाम्रो सौर्य मण्डल जत्रो भागमा कोच्दा जति भार हुन्छ त्यति नै भार त्यसको अनुमान गरिएको छ ।
बैज्ञानिकहरुको अनुमानमा त्यही नै बिशाल ब्ल्याम होल हो । बैज्ञानिकले देखेको त्यो बस्तु वरीपरी घुमिरहेको ग्यासको बादल मात्र हो । त्यो बादल बाटुलो आकारको छ र १९ लाख किलो मिटर प्रतिघण्टाका दरले घुमिरहेको छ । त्यही बादलको घेरामा ब्ल्याक होल रहेको अनुमान गरिएको छ । यसले आफु वरपर आउने कुनै पनि बस्तुलाई आफ्नो शक्तिशाली गुरुत्वाकर्षण शक्तिले तान्ते र बस्तुलाई आफूभित्र हुत्याएर बेतोडले गुमाएर दृश्क्य जगतबाट बेपत्ता पार्दछ ।
बैज्ञानिकहरुले ब्ल्यक होलको उत्पत्ति कुनै एउटा शक्तिशाली बिशाल ताराको बिष्फोटनबाट भएको अनुमान गरेका छन् । त्यस ताराको सबै आणविक उर्जा जलेर नष्ट भएको हुनुपर्छ र त्यसपछि सम्पूर्ण तारा नै निकै सानो आकारमा संकुचित भएर घनत्व र गुरुत्वाकर्षण शक्तिमा अनि बृद्धि भएको जानकारी दिएका छन् । ब्ल्याक होल ब्रम्हाण्डको १५ अरब बर्षको इतिहास देखि आनगिन्तो ताराहरुलाई आफूमा समाहित गर्दै शात्तिशाली र चमत्कारपूर्ण प्वाल वन्दै गइरहेको छ ।
0 comment