काठमाडौं –ध्रुव तारा सँधै एउटै स्थान अर्थात पृथ्वीको उत्तरी गोलाद्र्धको माथि देखिन्छ । अरु ताराहरुजस्तै यसको स्थान परिवर्तन भएको देखिदैन । वास्तवमा ब्रम्हाण्डका सबै पिण्डहरु ग्रह, तारा, उपग्रह सबै परिवर्तनशील छन् वा ती एक ठाउँबाट अर्कोमा सरिरहन्छन् । ताराहरुको बास्तविक स्थान परिवर्तनबारे पृथ्वीबाट त्यति सजिलै र हाम्रो एउटा जूनीमा थाहा पाउन गाह्रो हुन्छ । किनभने ती लाखौं करौडौं प्रकाश बर्ष टाढा पिण्ड हुन् । ताराहरुको स्थान परिवर्तनको जुन कुरा छ त्यो ताराहरुको गतिले हैन पृथ्वीको गतिले ठम्याइएका हुन् । भन्नुको तात्पर्य पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा यो एक ठाउँबाट अर्कोमा गुज्रदै जान्छ ।

यसकारण एउटै ताराहरुको समुह नदेखिइ क्रमशः परिवर्तन हुँदै गएको देखिन्छ । अब आयो त्यसो भए ध्रुव ताराको स्थान परिवर्तन भएको किन नदखिएको छ ? यसको मुख्य रहस्य हो ध्रुवतारा पृथ्वीको उत्तरी गोलाद्र्धको ठीक मास्तिर बसेको छ, वरिपरि होइन । भनौं कोठामा हामीले घुम्दा आफ्नो वरिवरिको झ्याल र ढोकाहरु क्रमशः परिवर्तन हुँदै गएको तर शीर माथिको दलिन उही ठाउँमा रहीरहेको भने जस्तै हो ।

यसैकारणले धु्रवतारा अनादी कालदेखि मानिसलाई दिशा जनाउने सूचक ताराको रुपमा रहेको छ । यसैका आधारमा मानिसहरु गती दिशा पत्ता लगाउँदछन् खासगरी समुद्रमा यात्रा गर्दा ।