हामी काठभन्दा फलाम गह्रौं छ भन्छौं । तर ठूलो काठको टुक्रा भन्दा सानो फलामको किला हलुका हुन्छ । बस्तावमा हामीले कुनै पनि दई बस्तुमा कुन चाही गह्रौं भन्दा त्यति कै आयतन भएका बस्तुहरु बीचको तौलको अन्तरलाई बुझेका हुन्छौं । यसरी दुई बस्तुमा देखा परेको अन्तरलाई नै घनत्व भनिन्छ । यसरी हेर्दा हरेक बस्तुको घनत्व फरक फरक हुन्छ ।
उदाहरणको लागि पानीको घनत्व १ हजार किलोग्राम प्रतिघन मिटर छ भने फलामको चार गुणाले बढी हुन्छ अर्थात ४ हजार किलोग्राम प्रतिघन मिटर र पेट्रोलको ८ सय किलोग्राम प्रतिघन मिटर मात्र हुन्छ । पानीमा एक टुक्रा फलाम डुवेको अवस्थामा पाइन्छ भने पेट्रोल तैरिएको हुन्छ । यसबाट के बुझियो भने फलामको घनत्व पानी भन्दा ज्यादा रहेछ । यसकारण फलाम पानीमा डुब्यो तर पेट्रोलको घनत्व पानीको भन्दा कम भएकोले यो पानीमा डुबेन । तेल र पानीको सम्बन्धमा पनि त्यहि गुण विद्यमान हुन्छ ।
0 comment