काठमाडौ – अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी ८० जनाको ज्यान गएको छ । तर डढेलोका कारण घाइते भएकाहरुको यकिन तथ्याङ्क आउन नसकेको संचार माध्यमले जनाएका छन् । अमेरिकाको माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा परेर ८० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
डढेलोका कारण हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपी घाइतेको सङ्ख्या धेरै भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
0 comment