खेसरीको बैज्ञानिक नाम Lathyrus Sativum हो र यसबाट हुने रोगलाई लेथिरिज्म Lathyrism भनिन्छ । खेसरीमा खासगरी दुई किसिमका बिषालु तत्वहरु भेट्टिएका छन् । वीटा अक्सिलिन एमिनो एलेनाइन र ग्लाइकोसाइड । यसमध्ये पहिलो वीटा अक्सिलिन एमिनो एलेनाइनले मेरुदण्डको हड्डीलाई निस्क्रिय बनाउँछ र दोस्रो ग्लुकोसाइडे हाम्रो शरीरमा निस्कने ट्रिप्सिन नामक एन्जाइमलाई खतम गर्दछ । लेथिरिज्म रोगको प्रारम्भिक अवस्थामा सुतेको समयमा पिंडौला दुख्ने र बाउँडिने जस्ता लक्षण देखा पर्दछ । पछि पिडौंलाका मांसपेशीहरु खुम्चिएर ठोस भकुण्डो जस्तो हुन्छ र खुट्टाको औंलाभित्र पट्टि खुम्चिन लाग्दछ ।

यस अवस्थामा रोगीलाई हिँडनमा धेरै कष्ट हुन्छ र खुट्ट लरबरिन्छ । रोग बढेपछि रोगीको कुर्कुच्चा भूईमा टेकिदैन । रोगी पैतालाले टेकेर मात्र हिंडन चाहन्छ ।  अन्तिम अवस्थामा घुँडाबाट खुट्टा पछाडि पट्टि खुम्चिन्छ र रोगले हात टेकेर घस्रिएर हिडनु पर्ने हुन्छ । त्यसैले खेसरीको दाल खानु हुदैन । अझ डरलाग्दो कुरा के छ भने खेसरीको नाम नक्सा र रङ्ग रहरको दालसँग धेरै मिल्दोजुल्दो हुन्छ । यसकारण बजारमा रहरको दाल किन्दा बडो होसियारी अपनाउनु पर्छ ।