अत्यन्तै सम्भावना भएको लसुनको व्यवसायिक रुपमै खेती गरौं ।
लसुन तरकारी, माछा र मासुमा स्वाद र सुगन्धका लागि मसालाको रुपमा प्रयोग गर्ने चलन छ । यसबाहेक आचार, क्याण्डी, टमाटर केचप आदीमा प्रयोग गर्ने चलन छ । यसमा रुघाखोकी, आँखा पाक्ने, कान दुख्ने, पेट दुख्ने, जुका पर्ने, ग्यास्ट्रीक आदिको उपचारको लागि औषधीय गुण समेत भएको मानिन्छ । लसुन कीट तथा रोगनाशक जैविक विषादी बनाउन प्रयोग गरिन्छ । लसुनमा एलिसिन नामक रसायन भएकोले यसले ग्राम नेगेटीभ जीवाणु र विभिन्न ढुसीहरुको बृद्धिमा रोकथाम गर्दछ । लुुनको तेल प्रयोग गर्नाले लामखुट्टे र त्यसको फुल र लार्भाहरु मर्छन् । धरको भिङ्गा, आलुको पुतली तथा नरिवल र सुपारीको रातो खपटेको अण्डामा यसको तेल छर्नाले लार्भा निस्कन सक्दैन । लसुनको बाथको रोगको कोलेस्टरोल घटाउँछ, यावत गुणले निपुर्ण लसुनको नेपालमा अत्यधिक खपत हुने गरेको छ, देशको उत्पादन नपुगेर भात, चिन लगायतका देशहरुबाट आयात गर्ने समेत गरिएको छ, कृषि ज्ञान केन्द्र, म्याग्दीको तरकारी खेती प्रविधि पुस्तिका २०७७ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बरिष्ठ कृषि अधिकृत, माधव लम्सालले तयार पारेको सामाग्रीलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।
लसुन खेती प्रविधि
परिचय
लसुन खेती तराई देखि हिमाली क्षेत्रसम्म गरिन्छ । पहाड र हिमाली क्षेत्रमा उत्पादन हुने लसुनको गुणस्तर निकै राम्रो हुन्छ । नेपालमा ७५ जिल्लामा नै यसको खेती गरिन्छ । यो बालीले ३८४२ हेक्टर जमिन ढाकेको छ भने उत्पादन २२६६७ मे. टन र उत्पादत्व ५.९० टन प्रति हेक्टर छ । नेपालका चाइनाबाट लसुनको आयात गरिन्छ । चाइनिज जातको लसुन नेपालमा उत्पादन गर्न सक्ने हो भने भारतमा समेत निर्यात गर्न सकिने ठूलो सम्भावना छ । हाल आएर नेपाल र भारत दुबै देशहरुमा यो लसुन निकै लोकप्रिय भएको हुनाले यसको माग पनि दिनदिनै बढ्दै आएको छ । नेपाली लसुनको भन्दा यसको भाउ पनि लगभग दोब्बर भएको पाईन्छ ।
जात र पोटी रोप्ने समय
चाईनिज जात १३६० मिटर देखि माथि उचाई भएका क्षेत्रमा मात्रै खेती गर्नु पर्दछ । १३६० मिटर भन्दा कम उचाई भएका क्षेत्रमा खेती गरिएको खण्डमा डल्ला बन्ने छैन र पात तथा डाठ मात्रै हुनेछ अर्थात साग मात्रैको उत्पादन हुनेछ ।
– चईनिज लसुनमा डल्ला बन्नको लागि पोटी रोप्ने समयले ठूलो असर पार्ने भएकोले रोप्ने समयलाई विशेष ख्याल गर्नु पर्दछ ।
केश्रा लगाउने दुरी
– हार देखि हारको फरकः २० से.मी.
– एक पोटी देखि अर्को पोटीको फरकः १५ से.मी.
– ठूला–ठूला पोटी उत्पादन गर्नु छ भने २०÷२० से.मी. को फरकमा रोप्नु पर्दछ ।
बीउको मात्रा र छनौट
– स्थानिय जातः १२ देखि १५ के.जी. प्रति रोपनी
– चाइनिज जातः ३० देखि ३५ के.जी. प्रति रोपनी
– एक रोपनीको लागि करिब १५,००० केस्रा संख्या आवश्यकता पर्दछ । यसको लागि ठूला–ठूला गाना छानी ठूला ठूला गानाबाट ठूला–ठूला पोटीला पोटीला केश्रा मात्र रोप्नु पर्दछ । ठूलो पोटीमा वा लसुनको गानोमा भाईरस कम लागेको वा नलागेको हुन सक्तछ र यस्ता स्वास्थ्य बीउ रोप्दा उत्पादन राम्रो हुन्छ किनभने लसुनमा भाईरस बढी लाग्दछ र भाईरस लागेको बोटको पोटी वा गानो पनि साथै हुन्छ र सानो पोटी बनि उत्पादन ज्यादै कम हुन्छ ।
पोटी वा केश्राको उपचार
५ ग्राम संजिवनी, ५ ग्राम सख्खर वा चिनी प्रति लिटर पानीमा मिसाएर झोल बनाउने । उक्त झोलमा लसुनका केश्रालाई आधा घण्टा डुवाई राख्ने । अनि ओझेलमा फिजाएर सुकाउने र ओभाएपछि मात्र रोप्ने ।
– संजिवनी नपाईएमा ई.एम १० एम एल र १० ग्राम सख्खर वा चिनी प्रति लिटर पानीमा दरले लसुनको केश्रालाई १२ देखी २४ घण्टा उपचार गरी ओजेलमा सुकाएपछि मात्र रोप्ने ।
– यदि जैविक विषादी नपाईएमा २ ग्राम नाभिष्टिन प्रति लिटर पानीका दरले पोटीलाई ३० मिनेट डुवाई उपचार गर्ने र ओझोलमा सुकाएर मात्र रोप्नु पर्दछ ।
– यसरी बीउ उपचार गर्दा बीउ र माटोमा भएको रोगबाट बचाउन ठूलो सघाउ पुग्नेछ । यो ज्यादै सस्तो र सजिलो विधि हो ।
खेत–बारीको उपचार
माटोबाट आउने वा सर्ने रोग तथा किराबाट हुने नोक्सानीबाट जोगाउन तपसिलका जैविक विषादीहरु प्रयोग गर्नु पर्दछ । १०० ग्राम संजिवनी, १०० ग्राम सख्खर वा चिनी र दमन ९ एन १०० ग्राम लिने । अनि २० किलो पाकेको गोबर वा कम्पोष्टमा मिसाउने । एक रोपनी जमिनमा एकनासले छर्ने र तुरुन्तै खनजोत गरी माटोमा पुर्ने गर्नु पर्दछ ।
– माटो सुख्खा हुनु हुदैन यदि सुख्खा छ भने अलि पानी दिनु पर्दछ ।
– जैविक विषादी नपाईएमा २० किलो मलमा २०० ग्राम नाभिष्टिन, १० किलो निमको पिना, कार्बोफुरान मिसाई प्रति रोपनीका दरले जमिन तयार गर्ने बेलामा प्रयोग गर्नु पर्दछ ।
ढुसी जन्य रोगको व्यवस्थापनको लागि
– संजीवनी र सख्खर वा चिनी १००, १०० ग्राम २० लिटर पानीमा घोली ३० मिनेट विउलाई भिजाउने, त्यसपछि ओझेलमा सुकाई तब मात्र रोप्ने ।
– संजीवनी नभएको अवस्थामा २ देखी ३ ग्राम नाभिष्टिन प्रति लिटर पानीका दरले घोल बनाई उक्त घोलमा ३० मिनेटसम्म केस्रालाई उपचार गर्ने र रोप्ने ।
– विरुवामा एक दुई हप्ता देखिने वित्तिकै संजीवनी र सख्खर ५,५ ग्राम प्रति लिटर पानीका दरले एक पटक र ५ ग्राम पी. सुरक्षा प्रति लिटर पानीमा मिसाएर संजीवनी छरेको १० दिनपछि बेर्ना र खेतको माटो भिज्ने गरि छर्ने ।
– गाना बन्न सुरु हुन थाले पछि ५ ग्राम संजीवनी, ५ ग्राम पि. सुरक्षा र ५ एम एल बेसिलस १७३ सवटाईलिस प्रति लिटर पानीमा मिसाएर अलग अलग एक ७ दिनको फरकमा छर्ने ।
– जैविक विषादी नपाइएमा निम्न प्रकारका विषादी, बिऊ उम्रिएपछि १० दिनको फरकमा पलै पालोसँग छर्नु पर्दछ । साफ वा सरल २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने अथवा २ ग्राम क्रीनोसिल गोल्ड प्रति लिटर पानीमा मिसाएर छर्ने अथवा २ ग्राम ब्लाईटकस ५० वा धनुकप ५०, २ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
गिर्खा रोग (निमाटोड) को व्यवस्थापनको लागि
यो रोगले बिरुवा मार्दैन तर विरुवाको टुप्पा सुकी पहेलो हुन्छ र उत्पादनमा ह्रास ल्याउदछ ।
–लसुन प्याज लगाएको ठाउमा २ बर्ष यिनीहरुको खेती सकभर नगर्ने ।
– लसुन लगाउनु भन्दा पहिले सयपत्री फुल खेती गरि फुल फुल्न थालेपछि सो को बोटलाई मसिनो गरि कति हरियो मलको रुपमा प्रयोग गर्ने ।
– २ केजी चिउरी वा निम वा तोरिको पिना प्रति रोपनीका दरले दिने ।
– लसुन रोपेपछि लसुन लगाएको प्लटमा कालो तारी वा अन्य तोरी छरिदिने र फुल्ने बेलामा साग काटेर तरकारीको रुपमा खाने वा लसुन गोड्दा हरियो मलको रुपमा माटोमा मिलाइदिने ।
– लसुन रोप्नु भन्दा पहिले नेमाटोड मर्ने जैविक विषादी भर्टिसिलियम १०० एम एल २० केजी मलमा मिसाई जमिन तयार गर्दा वा लसुन उम्रिसके पछि १०० एम एललाई २० लिटर पननीमा घोली बिरुवाको फेद वरिपरिको माटो राम्ररी भिज्ने गरि छर्ने ।
भाईरस रोगको व्यवस्थापनको लागि
–भाईरस प्राय किराबाट सर्ने भएकोले भाईरस लागेको बोट उखेलेर फाल्ने र २ एम. एल रोगर वा सुफोज प्रति लिटर पानीका दरले मिसाएर छर्ने ।
– बेर्नामा २, ३ पात आएपछि १ पटक प्रिभेन्टल १ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
–बेर्नामा २, ३ पात आएपछि १५ दिनको फरकमा १० एम. एल गार्य भैसीको दुध प्रति लिटर पानीमा मिसाएर छर्ने ।
– १ एम एल बायोलिफक्यर प्रति लिटर पानीमा मिसाएर प्रत्यक १५ दिनको फरकमा बेर्नामा छर्ने गर्ने पर्दछ ।
मुख्य किराहरु
– सुलसुले
– लाही
– थ्रिप्स
रोकथाम
– सुलसुले रोकथामको लागि १ एम एल काराथियन प्रति लिटर पानीमा मिसाएर छर्ने । काराथियन नपाइएमा सल्फर धुलो १ ग्राम प्रति लिटर पानीका दरले ४ देखी ५ दिनको फरकमा छर्ने । सल्फर पनि नपाइएमा गाई भैसीको एक भाग पिसाबमा ५ दिनको फारमा छर्ने । सल्फर पनि नपाइएमा भाई भैसीको एक भाग पिसाबमा ५ भाग पनि मिसाएर छर्दा पनि सुलसुले कम गर्न सकिन्छ ।
– लाही र थ्रिप्सको लागि सुफोज वा रोगर दुई एमएल प्रति लिटर पानीमा मिसाएर छर्ने ।
– एमिनोलोम ओलीको २ एम एल प्रति लिटर पानीका दरले अलि अलि किरा देखिने बित्तिकै १० दिनको फरकमा २ पटक छर्ने ।
–जैविक विधिद्वारा नियन्त्रणको लागि ५ एम. एल भर्टिसिलिएम लेकानी वा दमन (भिएल) प्रति लिटर पानीका दरले मिसाएर ७ दिनको फरकमा दुई पटक छर्ने । यो जैविक बिषादी नपाएमा दमनभिएल ५ एम. एल र सख्खर वा चिनी ५ ग्राम प्रति लिटर पानीका दरले माघको अन्तिम देखि फाल्गुन चैत्रमा १५ दिनको फरकमा २ पटक छर्नु पर्दछ ।
सुक्ष्म तत्व तथा हर्मोन
– केश्रा उम्रने बित्तिकै पुमा ५५५ एक एम एल, जिपलेक्स २ एम एल, राइनो ४ ग्राम र किरा मार्नको लागि रोगर वा सुफोज २ एम. एल प्रति लिटर पानीका दरले २० दिनको फरकमा छर्नु पर्दछ ।
खन्ने समय र भण्डारण गर्ने तरिका
– बोटको डाँठ ढलेपछि मात्र लसुन खन्ने बेला हुन्छ र खन्दा घाम लागेको दिनमा ओखेल्नु पर्दछ र खनेपछि करिब १ देखी २ दिन सबै डल्ला र पातलाई घाममा सुकाउने । बोट नढल्दै खानेमा पछि गएर लसुन फोस्रिन्छ ।
–माटो हटाई रोगि पात काटी मुठा वा गानो सिधै घाम नपर्ने स्थानमा फिजाएर वा झुन्ड्याएर भण्डारण गर्नु पर्दछ ।
श्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी तरकारी खेती प्रविधि पुस्तिका २०७७
0 comment