काठमाडौं । 
हिजोआज गाउँतिर खेतीकिसानी गर्ने कृर्षि उपार्जन गर्ने मानिसहरु सिला खोज्नु पर्ने अवस्था छ । कृषि प्रधान मुलुक भन्ने गरिन्छ । गाउले भरिएको मुलुक भन्ने गरिन्छ तर पनि गाउमा मानिसहरु नहुनु विडम्बना नै हो । कयौ बाझो छोडिएका खेतबारीमा कृर्षि उपार्जन गरी खाद्यन्नमा आत्म निर्भर बनौ भन्ने कमै हुन्छन । गाउघरतिर अलिअलि गरिएका खेती पनि निर्वाहमुखी मात्रै भएका छन । गाउमा नै खेती कर्म गर्नुपर्छ भन्ने हेतुले गाउनै रितिने अवस्था रहेको बेला सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँ पालिका गाउका किसानहरुलाई विभिन्न फलफूलका बोट बिरुवाहरु वितरण गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि १० हजार ७ सय १४ वटा फलफूलका बोट बिरुवा वितरण गरेको छ । गाउपालिकाले ८० प्रतिशत अनुदानबाट प्राप्त र २० प्रतिशत नागरिकहरुबाट प्राप्त गरी फलफूलका बोट बिरुवा वितरण गरिएको हो । फलफुलहरुमा लिच्ची ९ सय ३४ एभोकोडा ६ सय ९० कागती २ हजार १ सय १० सुन्तला ३ हजार १ सय ९७ अम्वा २ सय ९८ अनार ३ सय ११ टिमुर ९ सय १७ आँप ५ सय ३३ कफि १ हजार ६ सय ६५ अन्य ६० गरेर जम्मा १० हजार ७ सय १४ वटा फलफूलका बिरुवा किसानहरुलाई वितरण गरिएको हो । फलफुलका विरुवा पाएपछि किसानहरु निकै खुशी देखिन्थे ।