काठमाडौं — मरिण गाउपालिकाको आयोजनामा धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले विभिन्न समुदायहरुलाई धान रोप्नका लागि बोलाएको थियो । भुताहाको खेतमा धान रोप्नका लागि जनप्रतिनिधि कर्मचारी विभिन्न वडाका समुदायको सहभागीता रहेको थियो । धान रोप्ने कार्यक्रममा गाउ पालिका अध्यक्ष आफै उपस्थित भएर सँगै धान रोपिरहेका थिए । यसरी जनतासँगै खेतमा धान रोप्न सिङ्गो गाउपालिकाका जनप्रतिनिधिहरु सहभागी हुनु भनेको मरिण गाउपालिका किसानसँगै छ है भन्ने सन्देश पनि हो गाउपालिका अध्यक्षको भनाई थियो । यस गाउपालिकाले हरेक वर्ष यसरी किसानसँगै धान रोप्ने कार्यक्रम गर्दै आएको कार्यक्रमा सहभागी जनप्रतिनिधिहरुको भनाई रहेको थियो । वर्षा भित्रिएसँगै सिन्धुली जिल्लामा धान खेतीकिसानीको काम तिब्र पारिएको छ ।