काठमाडौं - मौसममा आएको परिवर्तनका कारण बाढी जन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडि बढाएका छन ।

बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो । 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्य देखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरूले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, विपदमा खटिने विषयगत शाखाहरू, स्थानीय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ । 

वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले यो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताउनुभयो । 

किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरिरहेका उहाँले भन्नुभयो ।