नेपाल साना तथा सीमान्त कृषकहरुको बाहुल्य भएको मुलुक हो । नेपालको अधिकाँश भूभाग पर्वतीय भिरालो क्षेत्रमा रहेकाले कूल क्षेत्रफलको करिब एक चौथाई भूखण्ड मात्र खेतीयोग्य रहेको छ । त्यसमाथि खेतीयोग्य जमिनको स्वामित्वमा इतिहासदेखि नै समाजका सीमित प्रभावशाली परिवार र समुदायको पकड रहेकाले यसको वितरण असमान रही आएको छ । फलस्वरुप मुलुकका पाँच प्रतिशत भन्दाबढी कृषक परिवार भूमिहिन छन् भने झण्डै पचास प्रतिशत घरपरिवारले १० रोपनीभन्दा कम जमिनमा खेती गरेर जीविका चलाउदै आएका छन् । त्यसो त समग्र मुलुकको औसत हेर्दा प्रति कृषक परिवार १४ रोपनी मात्र खेतीयोग्य जमिन रहेको छ र देशका ६० प्रतिशतभन्दा बढी कृषक परिवार १४ रोपनी मात्र खेतीयोग्य जमिन रहेको छ र देशका ६० प्रतिशतभन्दा बढी कृषक परिवार साना र सीमान्त कृषकको श्रेणीमा पर्दछन् । एक अध्ययन अनुसार नेपालका ७८ प्रतिशत कृषक परिवारले केवल घरायसी प्रयोजनका लागि मात्र खेती गर्दछन् भने २१ प्रतिशत कृषकले तिनले उब्जाएका कृषि उपजको आधा हिस्सा घरायसी प्रयोजनमा उपयोग गर्दछन् र आधाभन्दा कम उपज बिक्रीका लागि बजार पठाउँछन् । केवल एक प्रतिशत कृषकले मात्र बजारमा बेच्ने प्रयोजनले व्यावसायिक खेती गरिरहेको देखिन्छ ।
यसरी समग्रमा नेपालको कृषि प्रणाली नियाल्ने हो भने सामान्यतया हरेक कृषक परिवारले ज्यादै नै थोरै जमिनमा, सीमित सुविधा र अत्यन्त विषम परिस्थितिका बीच आफ्नो खाद्य आवश्यकता पूरा गर्ने मूल उद्देश्यका साथ कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । आम रुपमा परम्परागत मानिने यस्तो कृषि प्रणालीमा खेतीवाली, पशुपालन र बनजन्य स्रोतहरु अन्योन्याश्रित रुपमा जोडिएका हुन्छन् र कृषक परिवारले तिनलाई एकीकृत रुपमा परिचालन गरी आफ्ना आवश्यकता पूरा गर्ने गरेका छन् । करिब ७० प्रतिशत नेपाली कृषक परिवार तिनको दैनिक जीवनका कुनै न कुनै आवश्यकता पूर्ति गर्न वन स्रोतमा आश्रित रहेका छन् । परम्परागत हिसाबले गरिएका खेतीवालीमा प्रशस्त विविधता छ । पशुबस्तुहरुले खेतीका लागि आवश्यक मलखादको आपूर्ति गर्दछन् । देशका झण्डै ८० प्रतिशत कृषक परम्परागत कृषि प्रणालीमा नै आधिरित रहेका छन् ।
परम्परागत कृषि प्रणाली मूलतः स्थानीय वस्तुस्तिि अनुकुल, कृषकहरुको लामो अनुभवबाट विकास भएका रैथाने प्रविधिहरुमा आधारित रहेको छ र ती कम खर्चिला, दिगो र पर्यावरण मैत्री समेत छन् । उदाहरणका लागि पहाडी भिराला जमिनमा कान्ला बनाई स–साना ग¥हा निकालेर खेती गर्ने जुन प्रणाली छ, त्यो हाम्रो भूगोलको वास्तविकता अनुरुप कृषकहरुले पुस्तौपुस्ता देखिका अनुभवको आधारमा विकास गरेको मौलिक प्रणाली हो । यसबाट भिराला जमिनमा हुने भू–क्षयको रोकथामका साथै मातोको उर्वरशक्ति र चिस्यान व्यवस्थापन प्रभावकारी रुपमा हुँदै आएको छ । वास्तवमा हाम्रो परम्परागत कृषि प्रणालीमा, कृषिविकास सम्बन्धी यस्ता थुप्रै रैथाने ज्ञानका अतिरित्त मौलिक संस्कृतिको भण्डार नै रहेको छ ।
तर विडम्बना, आधुनिकता र विकासको बारेको शिक्षा र प्रविधिबाट प्रभावित मूलधारका कृषि विज्ञ र नीति निर्माताहरुको ठ्रलो तम्काले हजारौं बर्षदेखिका अनुभवमा आधारित यस्ता रेथाने ज्ञान र कृषि संस्कृतिलाई उचित मान्यता दिन नसक्दा यो प्रणाली उन्नत हुने अवसर पाएको छैन । हाम्रा नीति दस्तावेज र विकास कार्यक्रमहरुमा दशकौंदेखि परम्परागत कृषि प्रणालीलाई हचुवाको भरमा ‘निर्वाहमुखी’ भन्दै यसका सबल पक्षहरुलाई पुरै नजरअन्दाज गर्ने र समग्रमा यो प्रणालीलाई फेरेर जतिसक्दो छिटो बाह्य स्रोत र प्रविधिमा आधारित ‘व्यावसायिक’ र आधुनिक बनाउनु पर्ने कुरामा जोड दिँदै आएको छ । यसले गर्दा हाम्रो मौलिक विशेषता अनुसारको कृषि विकासको ढाँचा निर्माण गरी कृषि क्षेत्र उन्नत बनाउने अवसर हामीले गुमाइरहेको अवस्था छ ।
यसले एकातिर हाम्रो मौलिक खाद्य र कृषि संस्कृति तथा स्थान विशेषका अनुभवमा आधारित खेतिपाति सम्बन्धी बहुमूल्य ज्ञान र सीप लोप हुने अवस्था आएको छ भने अर्कोतर्फ, बाह्य खनिज स्रोत, ज्ञान, सीप र प्रविधिमा आधारित खेती प्रणालीको प्रवद्र्धनमा जोड दिइएकाले पर्यावरणीय विनाश र परनिर्भरताको चुनौती थपिएको छ ।
0 comment