संगतको असर अवश्य पर्दछ । अर्थात् जस्तो साथी छ उस्तै आफू भईन्छ । त्यसैले खराब संगतबाट सधै बचिरहनु पर्दछ, यसो भनिरहदा पनि संगत त कही न कही खराब भेटिहाल्छ । त्यसबेला के गर्ने । त्यसबेला म आफ्नो विचारबाट थोरै पनि तल झर्ने छैन । बरु प्रेमपूर्वक उनीहरूलाई नै आकर्षित गर्ने छु भन्ने प्रतिज्ञा गरिरहनु पर्दछ । यस्तो प्रतिज्ञा गर्ने हो भने नराम्रो साथीहरूको प्रभाव आफूमा पर्दैन । सकेसम्म त बच्ने उपाय नै खोज्नु पर्दछ ।
खराब संगत भन्नाले खराब ठाउँ, खराब अन्न, खराब ग्रन्थ, नराम्रो दृश्य, नराम्रो कुरा, अशुद्ध वातावरण, रक्सीवाज, जुवातास, चोरीडकैति आदि पर्दछन् । लगातार यिनै खराब कुराहरूमै चुलुम्मै डुबेको मान्छे छ भने त्यसले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो मान्ने गर्दछन् । त्यसैले मानिस मानिस भएर रहनको लागि सत्संकल्प गर्नु पर्दछ र सत्संगत गर्नुपर्दछ । यस्ता मान्छे सदा सुखी रहन्छन् । यसको विपरीत दुःखै दुःखको जिन्दगी हो भन्ने ठान्ने हो भने झन सुख कहिल्यै प्राप्त हुँदैन । सुखीलाई पनि दुःख सम्झे दुःखै हुन्छ र दुःखलाई सुख सम्झे सुखै हुन्छ । यदि हामी कसैले मनमा दुःखै दुःखको जिन्दगी ठानेका छौ भने पहिलेसम्म जे भयो अब देखि यो संसार र यो जिन्दगी सुखमय छ, हामी आफ्नो र दुनियाँको उन्नतीतर्फ अग्रसर हुन्छौ । हामी जे गर्न पनि सक्षम छौ भन्ने ठानेर यही वाचा गरौं र अघि बढौ । नराम्रो विचार र संगतलाई एक सेकेण्ड पनि रहन नदीऔ किनकि हामीले जस्तो चस्मा लगाएका हुन्छौ संसारलाई पनि त्यस्तै देख्छौ । हामीसँग एउटा अपार रूपमा रहेको उर्जा छ । त्यो उर्जालाई सहि ढंगले सञ्चालन गर्न सक्नुपर्छ । मन भनेको दास पनि हो र सेवक पनि । यसले जे अरायो त्यही गर्नुपर्छ । यदि नराम्रो संगत गर्छ भने त्यसको फल पनि नराम्रै हुन्छ अर्थात् काँडाको बीउ छरेमा काँडा नै प्राप्त हुन्छ र फलको बीउ छरे फल नै प्राप्त हुन्छ । रोप्ने बेला काँडा रोप्ने र आशा चाहिँ फलको गर्ने गर्न मिल्दैन ।
हामी जस्तो बन्न चाहन्छौ, तस्तै बन्छौ यो वाक्य धेरैलाई नपच्ला तर सत्य हो । हामी लेखक भएरै छाड्छौ भन्ने चाहना गयौ भने लेखक भएरै छाड्छौ । धनी बनेर छाड्छौ भने धनी भएरै छाड्छौ । लागूपदार्थ छाड्छौ भने बाँचा गयौ भने अवश्य छाड्छौ । तर छोड्न थोरै चाहन्छौ भने खान धेरै चाहन्छौ । अनि कहाँबाट र कसरी छोड्न सकिने ।
0 comment