सिस्नोको नियमित प्रयोगले स्वास्थ्यमा पर्ने सकारात्मक परिवर्तन त हुन्छ नै यसबाट धेरे पोषक तत्व पनि पाउन सकिन्छ । सिस्नोबाट क्याल्सियम, प्रोटिन, भिटामिन सि, कार्बोहाईडेट, फाइवर, फस्फोरस र फलाम पाईन्छ भने मुटु रोग, मधुमेह, गर्भवती तथा सुत्केरी महिलालाई फाईदा गर्दछ । भने उच्च रक्तचापलाई कम गर्छ । प्रोस्टेड ग्लाण्डर वाथको समस्यालाइृ फाईदा पुर्‍याउछ ।

छाला र कपालको स्वास्थ्यलाई सुधार गर्छ अनुहारलाई चम्किलो बनाउँछ साथै कपाल झर्ने समस्याको रोकथाम गर्दछ । यसको जति बढि प्रयोग गर्न सकियो यसको उत्पादन क्षमताको पनि बढ्दै जान्छ किनकी जति सिस्नो काटिन्छ सिस्नोको मुना पनि पलाउदै जान्छ त्यसकारण अर्को फाईदा यसलाई आयआर्जनको माध्याम पनि बनाउन सकिन्छ । 

बारी, खेतका डिल र जंगलमा बेवारिसे अवस्थामा रहेको सिस्नुलाई पछिल्लो समय व्यावसायिक खेतीका रुपमा अँगाल्न थालीएको छ उसो भए आउनुहोस यसका केही फाईदाहरुका बारेमा जानकारी लिऔं ।

कसरी खाने ?
– सामान्यतया सिस्नोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । बिशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।
– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नु पकाइन्छ । यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन मरिच र क्रीम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ । 
– सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्य वदर््धक पनि मानिन्छ । यसलाई ग्रीन–टि कै तरिकाले सेवन गरिन्छ । र, यसलाई जुसको रुपमा पनि पिउन सकिन्छ । 
– सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । 
– सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ । 

औषधीय गुण ः
– सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।
– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ । 
–सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाईदाजनक मानिन्छ । 
–तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पु¥याउँछ । 
– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ । 
–सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पु¥याउँछ । 
– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ । 
– सिस्नोले शरिरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ । 
– पिसावको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाईदाजनक हुन्छ । 
– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत पु¥याउने गर्छ ।
–शरिर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ । 

बहुउपयोगी सिस्नो ः
– सिस्नो जती काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ । यसलाई तारे होटेलदेखि विदेशमासमेत विक्री गर्न सकिन्छ । 
– औषधीको प्रयोजनका लागि सिस्नोको अत्याधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ । 
–यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ । गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ । 
–सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर अण्डा उत्पादनलाई बढाउन सकिन्छ । 
–यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ । 
– सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।