रातकी रानी चमेलीको वर्गमा पर्छ जसको बैज्ञानिक नाम Cestrum nocturnum हो । nocturnum अथवा Night भन्ने शब्दबाट सजिलै बुझ्न सकिन्छ कि यो राति मात्रै फक्रन्छ । यसका विशेषताहरु बिरुवा बाहिरै थाहा पाइने प्रभावहरु वा प्रक्रियाहरु बेलुका वा राती मात्रै देखिन्छन् । यो बिरुवामा भएका रासायनिक सार तत्वहरु मध्ये बिशेष गरेर सुगन्धित वाष्पीत तेलहरु बढी मात्रामा पाइन्छ । यो बिरुवामा पाइने सुगन्धित तेल, फूल, पात वा काण्डको भित्रपट्टि रहेका हुन्छन् । बाहिरी बातावरणमा सुगन्ध फैलनुमा तिनीहरुमा रहेका छिद्रहरु मार्फत बाहिर आउँदछ जसलाई स्टोमाटा भनिन्छ जो बेलुका मात्र खुल्दछन् र दिउँसो बन्द हुने गर्दछन् । बेलुका सुुगन्धित तेल रहेका प्वाल खुल्ने हुनाले बाहिरी बाताबरणसँग सिधै सम्पर्कमा आउँछ र रातिमात्रै बासना फैलिएको हामी अनुभब गर्छौं । त्यस्तै दिनको राजा अथवा Cestrum diurnum भन्ने बिरुवा पनि सुन्न भएको होला जसमा दिउँसो मात्र बासना आउँछ ।
यसमा हुने अघि उल्लिखित प्रक्रिया दिउँसो हुने गर्दछ तर हामी कमा बासना भएको महसुस गर्दछौं । वास्तवमा यसको कारण दिउँसो घाम, हावा र अरु वातारणीय प्रभावले रासायनिक सुगन्धित तेलहरु बाहिर आउने बित्तिकै चाँडै उडेर जान्छ । तर हावा, घाम कम भएको चिसो अवस्थामा यो पनि वासना आउँछ । रातकी रानीमा चाहिं राति चिसोले गर्दा चिस्सिने प्रक्रियाले वासनादार रसायनहरु उडेर टाढा जान पाउँदैन् र हामी धेरै बेर वासनाको अनुभव गर्छाैं ।
0 comment