कुहिरो एक प्रकारको बादल हो । सामान्यतया जमीनको उचाइमा वरपरको दृश्य नदेखिने गरी बादल लाग्यो भने हामी कुहिरो लागेको भन्दछौं । हावामा रहेका ठण्डा कणहरुमा पानीको बाफ  चिसिएर जम्मा हुन गयो भने कुहिरो बन्दछ । हावाको सापेक्षित आद्र्रता संतृप्त अवस्था भन्दा अलिकति मात्रै बढे पनि कुहिरो बन्न सक्दछ हावा दूषित छ भने ९५ प्रतिशत सापेक्षित आद्र्रतामै यो बन्न थाल्दछ । कुहिरो खासगरी तीन प्रक्रियाबाट बन्न सक्दछ । पहिलो प्रक्रिया हो रुदोष्ण फैलावट (Adiabatic Expantion) पहाडहरुमा बन्ने कुहिरो  यसैअन्तर्गत पर्दछ । 

यसमा अर्ध हावा हुत्तिएर माथि जान्छ र पहाडको काप कापमा रुदोष्ण कुहिरो बन्दछ । दोस्रो प्रक्रियामा चिसो र भिजेको जमीनमाथिबाट न्यानो हावा बहन्छ  र कुहिरो लाग्छ । यस्तो  अवस्थामा यदि जमीनको तापक्रम हावाको भन्दा निकै कम छ भने कुहिरो धेरै बेरसम्म रहिरहन्छ । न्यु फाउन्डलेण्ड भन्ने ठाउँमा लाग्ने कुहिरो यसको राम्रो उदाहरण हो । तेस्रो प्रक्रिया हो विकिरणबाट राति आकाश सफा, शान्त छ भने जमीनको न्यानो हराउँदछ र चिसोले गर्दा कुहिरो बन्न पुग्दछ । तर यस्तो अवस्थामा हावा चलेको छ भने तातो चिसो हावाको मिसावटले कुहिरो बन्न पाउँदैन ।