काठमाडौं – मानिसले सेवन गर्ने रक्सीको रासायनिक नाम Ethyl Alcohol हो । हाम्रो शरीरमा केही मात्रामा अल्कोहल सँधै हुन्छ । हामीले हरेक पल्ट खाना खाईसकेपछि खानामा रहेको कार्बोहाइड्रेड स्टार्च र चिनीले अल्कोहल बनाउँदछ जुन हाम्रो रगतमा मिल्न जान्छ । त्यसैले १ ग्राम जति रक्सी रगतसँगै हाम्रो शरीरका विभिन्न भागमा संधै संचार भइरहेको हुन्छ । अब यो भन्दा बढी रक्सी सेवन गरेमा के हुन्छ त ? रक्सी एक नशालु पदार्थ हो जुन हाम्रो नशाको कोशहरु भित्र एकदमै छिटो छिरेर त्यसलाई निस्कृय प्रायः गर्न सक्दछ । तर कुनै पनि नशालु पदार्थले त्यस्ता कोशहरुलाई निस्कृय पार्नु अघि ती कोशहरुलाई उक्स्याएर उत्तेजित स्थितिमा पु¥याउँदछ । त्यसैले रक्सीले पहिले उत्तेजकको काम गर्दछ ।
रक्सीले मस्तिष्कमा कसतो असर पार्छ त ? रक्सीले पहिलो उत्तेजकको काम गर्दछ जसले गर्दा हाम्रो हाउ भाउ र बोली केही छिटो हुन्छ, छाला अलि रातो हुन्छ, रक्तचाप र मुटुको धड्कन बढ्छ अनि स्वास प्रस्वास प्रकृया छिटो हुन जान्छ । तर यसपछि भने छिट्टैनै रक्सीले मस्तिष्क माथि शक्ति हिनताको प्रभाव पार्दछ र जब मस्तिष्कको अन्य कार्यहरुमा रक्सीले असर पार्दछ हामी आफ्नो मानसिक अवस्थालाई नियन्त्रणमा राख्न सक्दैनौं । रक्सीको अर्को प्रभाव इन्हिविटरी फाइवर नामक नसाका रेशाहरुलाई असर पार्दछ । जसको कारणले हामीले ठीक बेठीक छुट्याउन नसकेर त्यस्तो काम गर्दछौं जुन काम हामी सामान्य अवस्थामा गर्दैनौं ।
0 comment