काँचो पिँडालु छुँदा वा खाँदा चिलाउने वा कोक्याउने कुरा हामी सबैले अनुभव गरेकै हो । तर पिँडालुलाई राम्ररी पकाएर खाने हो भने यसबाट बच्न सकिन्छ । पिँडालुमा एक किसिमको साधारण आँखाले देख्न नसकिने मणिभहरु ऋचथकतबकि हुन्छन् । सूक्ष्मदर्शक यन्त्रले हेरेमा ती मणिभहरु सजिलैसँग देख्न सकिन्छ । यी मणिभहरु तीखा र अत्यन्तै मसिना हुन्छन् । त्यसैले पिडालुलाई राम्ररी नपकाई  काँचै खायौं भने ती तीखा मणिभहरुले हाम्रो घाँटीमा घोच्दछ । यसरी मणिभहरुले घोच्दा हामीलाई कोक्याउँछ । जबसम्म घाँटीमा घोचेर बस्ने ती मणिभहरु गलेर वा हटेर जाँदैनन् । तबसम्म घाँटीमा कोक्याइरहने वा चिलाई नै रहने हुन्छ । तर पिडालुलाई  पकाउने हो भने तिनमा भएका सबै मणिभहरु गलेर जान्छन् । अर्को कुरा पिँडालुको परिकार बनाउँदा अमिलो राख्ने चलन त सबैलाई थाहा नै होला  । अमिलो चिजले पनि यी मणिभहरुलाई गलाउँछ र घाँटी कोक्याउनबाट बचाउँछ ।