संसारमा जति पनि सजीव र सन्तान उत्पादन गर्ने जीवहरु छन् जसमा जनावर वा वनस्पति जे भए पनि उनीहरुले आफ्नै प्रकारको सन्तति जन्माउनुको कारण वंशीय गुण हो ।
एउटै बाबु आमाका बच्चाहरुको स्वभाव, अनुहार, रङ्ग, शरीरिक बनोट र सोचाई एउटै हुन्छ भन्ने छैन । तिनीहरु एकापसमा वंशीय गुणका कारणले नै फरक देखिन्छन् । वंशीय गुण त्यस्तो गुण हो जुन पहिले बच्चाहरुमा मनोबैज्ञानिक गुणमा देखापर्छ भने त्यस पश्चात् छिट्टै नै बच्चाहरुको शरीरिक बनोटमा पनि देखापर्न थाल्दछ । वंशीय गुण सम्बन्धी आज जे जति मात्रामा बिकास भएको छ त्यसको श्रेय अष्ट्रेलियन पादरी ग्रेगोर मेन्डललाई दिनु पर्दछ । उनले १९ औं शताब्दीको मध्यतिर यस सम्बन्धी सफल अनुसन्धान गरेको थिए ।
मेन्डलले केराउको बिभिन्न अनुबंशको अनुसन्धानको लागि आफ्नो बगैंचामा राखिएको केराउलाई प्रयोग गरिरहन्थे । प्रयोगबाट उनले यो कुराको पत्ता लगाए कि बोटबाट बनेका बीऊहरुमा धेरै खालका फरक फरक आनुवंशिक तत्वहरु रहेका हुन्छन् जसले बिरुवाहरुलाई बोटको जस्तै बढ्नमा मद्दत गर्दछन् । यस्ता तत्वहरुलाई नै हामी पुर्खौली प्रवृति सन्तानमा ल्याउन मद्दत गर्ने वंशाणु भन्दछौं । मेन्डलको मृत्यु पश्चात् मात्र यस सम्बन्धी अध्ययन गर्ने बैज्ञानिकहरुलाई उनको आविष्कारको कति महत्व रहेछ भन्ने कुराको ज्ञान भएकाले हाल उनको खोजलाई मेन्डलको नियम भनेर नामकरण गरेका छन् ।
0 comment