काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्ने क्रममा सुन तस्करी प्रकरणमा बिना प्रमाणका आधारमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम मुछिएको दावी गरेकी छन् ।

साथै मन्त्री शर्माले पत्रकारसँग कुराकानी गर्दै सुन प्रकरणमा पार्टी उपाध्यक्ष महराको कुनैपनी संलग्नता नरहेको स्पष्ट पारिकी हुन् । उनले कुनै तथ्यमा नभएर गलत मनसायले उपाध्यक्षको नाम आएको जिकिर गरिन् ।

केही नामहरू आएको छ, तर तथ्यको आधारमा पनि छैन । जस्तै इ– सिगरेटको कुरा । सुन तस्कारी गर्ने व्यापारीसँग सम्बन्ध भएको छ भन्ने कुरा बाहिर आएको छ,, यसमा आधिकारिक तथ्य र  प्रमाण छैन उहाँले भन्नु भयो ।