काठमाडौं - नेपाल आयल निगमको त्रिभुवन विमानस्थल नजिकै रहेको हवाई इन्धन डिपो सारिने भएको छ । सोको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग आज सम्झौता गरेको छ ।
काठमाण्डौंको सिनामंगलमा रहेको सो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभएको छ । डिपो आगामी तीन बर्षभित्रै सारिसक्ने उहाले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन डिपो हवाई सुरक्षा मापदण्डका दृष्टिकोणले जोखिमयुक्त रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्यत्र सार्नुपर्ने माग गर्दै आएको थियो ।
अब निर्माण गरिने डिपोमा अत्याधुनिक प्रविधि जडान गरिने बताईएको छ । अहिलेको डिपो ५० बर्षदेखि सिनामंगलमा राखिएको हो । अहिले डिपोमा सामान्य दिनमा दैनिक ९ दिनको माग धान्ने भण्डारण क्षमता रहेको छ । अब बनाईने डिपोको क्षमता पनि बढी हुने बताईएको ।
मन्त्रिपरिषद्ले गत साउनमा डिपो सार्ने निर्णय गरेको हो ।
सौर्य एयरलाइन्सको जहाज विमानस्थल नजिकै दुर्घटनामा परेपछि डिपो सार्नुपर्छ भन्ने तर्फ सम्बन्धित निकाय संबेदनशिल भएको देखिन्छ ।
0 comment