काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हवाई भाडावृद्धि नियन्त्रणबारे आज मन्त्रालयमा भएको छलफलमा उहाले सो निर्देशन दिनुभएको हो ।
उच्चत मूल्यको भाडा लिएको भन्दै सरोकारवाला वायु सेवा कम्पनीहरुलाई त्यसबारे पूर्नविचार गर्न उहाले निर्देशन दिनुभएको हो । “हामीले नागरिकहरुकै सेवा भनेर हवाइ कम्पनीहरुलाई सहुलियत दिएपनि राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाएको मन्त्री पाण्डेले बताउनुभयो ।
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको थियो । तर त्यसको कार्यान्वयन नभएको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गर्नुभयो ।
हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि आज छलफल गर्दै मन्त्री पाण्डेले भोली ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत गराउनुभएको छ । पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडाबृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने बताउनुभयो ।
मन्त्रालयका सचिव डा गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गर्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रण सम्बन्धी सहमतिलाई कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गर्नुभयो ।
छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।
0 comment