काठमाडौं – कैलालीमा एक किशारीको शव मृत अवस्थामा फेला परेको छ ।  

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडाका अर्जुन चौधरीकी छोरी बर्ष १८ की अञ्जली चौधरी मृत अवस्थामा फेला परेको हो । 

विहिबार ७ बजे आफ्नै घरको कोठाभित्र उनी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । 

मृतक अञ्जलीको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुशन्धान गरी रहेको बताएको छ ।