सिन्धुपाल्चोक - माननीय पुर्व सभामुख अग्नी सापकोटाको घरबाट मात्र ७ किलोमिटरको दुरीमा रहेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका कतिपय वडाहरुमा मोटर बाटो पुग्न सकेको छैन । 

जुगल हिमाल रहेको यस गाउँपालिकाका कतिपय वडाहरुमा मोटर बाटोको त कुरै छाडौं अहिलेसम्म विद्युत पनि पुग्न सकेको छैन । वर्षाको मौसममा त झन् पहिरोको कारण ढाडेबाट माथी गाडी जानै सक्दैन ।  

स्थानीय सरकार त आयो तर लाचार सरकारको कारण अस्पताल र बाटो घाटो नहुँदा दुर्गम क्षेत्रमा विभिन्न समयमा अप्रिय घटनाहरु पनि घट्ने गर्छन् । समयमै उपचार पाउन नसक्दा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था छ ।

काठमाडौं जिल्लालाई छोएको पुर्व सभामुख सापकोटाको पुर्ख्यौली घर छेउको गाउँमा त यस्तो हरिबिजोग छ भने अरु जिल्लाको अवस्था के होला । सरकारको ध्यानाकर्षण होस् ।

तस्विर : जुगल गाउँपालिका - ६ हाप्रा बस्ने नसा च्यापिएका बिरामी स्थानिय टाल बहादुर श्रेष्ठ  नसा च्यापेको दाई