काठमाडौं – मोरङको बेलबारी नगरपालिका–४ स्थित खोल्सीमा विद्युत प्रवाह गरेर माछा मार्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा, बेलबारी–४ बुधबारेका ३५ वर्षीय निङ्मा रिङदे शेर्पा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
शेर्पाको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो । शेर्पाको शवलाई पोस्टमार्टमका लागि पठाई सकेको दाहालले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) उदय शम्शेर राणाको नेतृत्व टोलीले यस घटनाबारे थप अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।
0 comment