काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, रूपन्देही तिलोत्तमा नगरपालिका–९ तुल्सिपुर घर भएका २४ वर्षीय अनिस थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
थापालाई प्रबुधबार राति अवैध रूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित प्रहरीले पक्राउ गरेको हो ।
हिमालयन एयरलाइन्समा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले ¥यापिङ गरी चाउचाउको बीचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरुले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ४ जनालाई नियन्त्रणमालिई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
0 comment