काठमाडौं - काठमाडौं महानगरले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ। 

सरकारी जग्गा कब्जा गरी सेवा सदन सञ्चालन गरेको भेटिएपछी महानगरले भवन खाली गराउन लागेको हो। तीन दिन अगाडि नै भवनहरु खाली गर्न र बुधबारसम्म नहटाए आफैँ आएर हटाउने सूचना जारी गरिसकेको महानगरले जनाएको छ । सदनले नटेरेपछि बुधबार नगर प्रहरीसहितको टोलीले अनाधिकृत संरचनामा डोजर चलाएको हो।

सदनमा आश्रय लिएका अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा व्यवस्थापन गरिएको समेत महानगरले जनाएको छ ।

सदनले झण्डै ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पुस्तकालय, सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको थियो।