काठमाडौं – दार्चुलाको एक होटलमा झडप हुँदा चार जना घाइते भएका छन् । 

महाकाली नगरपालिका वडा नम्वर ४ स्थित रौनक होटलमा युवा–युवाहरु बीच सामान्य कुरामा विवाद भई झडप हुँदा ४ जना घाइृते भएकोे प्रहरीले जनाएको छ । 

यसरी घाइते हुनेहरुमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका वडा नम्वर १ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउकै प्रकाश सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

होटेलमा सामान्य कुरामा विवाद हुँदा होटेलमा रहेका वियरका वोतल एकले अर्कोलाई प्रहार गर्दा चारै जना घाइते भएका हुन् । घाइते मध्ये अनिल सिंह ठगुन्ना र प्रकाश कार्कीको टाउकोमा चोट लागेको छ । यस्तैगरी प्रकाश कार्की र चरनसिंह बुढाथोकीको भने हात र शरिरमा चोट लागेको छ ।

घाईतहरुको जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचार पछि चारै जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । 

घटनाबारे थप अनुसन्धान भईरहेको निरीक्षक सिंहले जानकारी दिएका छन् ।