काठमाडौं – संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सांसदहरूलाइ सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार सचिवालयलले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।
संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने बताएको छ ।
0 comment