काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्ने भएका छन् ।
आज दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने सचिवालयले जनाएको छ ।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो ।
बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुकहरु रहेका छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल भएका छैनन् ।
मन्त्री साउद साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको पनी मन्त्री साउदको सचिवालयले जनाएको छ ।
0 comment