काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा कार्यरत फार्मेसी अधिकृत कार्यालयभित्रै मृत भेटिएका छन्।

अस्पताल अन्तर्गत मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्दारा घर भएका ३५ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान कार्यालयभित्र कपडाको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार पोखरेल बिहान करिब ८ बजेतिर सेन्टरको दुई तलामाथि स्टोर रुमको भर्याङमा कपडाको पासो लगाइ झुण्डिएको अवस्थामा भेटिएका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।