काठमाडौं – सरकारी बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरीहरुलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ । 

२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म  टिकटक भिडिओ बनाई समाजिक सञ्जालमा अपलोड गर्ने २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिएका छन् ।

२०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना, र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको पहिलोपटक चेतावनी दिन्छौँ । फेरी दोहोरिएमा एक दिनको तलब कटौती गर्नेदेखि वढुवा रोक्कासम्म हुने डि. आइजी कडायतले जानकारी दिएका छन् ।

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो । तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग न रोकिएको बताएका छन् । बर्दीमै भिडिओ बनाएको आरोपमा दैनिक दुई/चार जना प्रहरी जवानहरु कारबाहीमा परिरहने कडायतले जानकारी दिएका छन् ।