काठमाडौं – मुख्यमन्त्री चौधरीको निर्देशनमा सञ्चार माध्यममा विनियोजन गरिएको बजेट कटौती भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिएको जानकारी अनुसार, लुम्बिनी प्रदेशमा रहेका दर्जनौ मिडियाका लागि २ करोड बजेट विनियोजन गरिएको थियो । कामको चापका कारण पुरै बजेट हेर्न नपाउँदा केही त्रुटि भएको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा केही सञ्चार माध्यममा विनियोजन गरेको रकम कटौती गरेको हो । आफ्नो ठाडो निर्देशनमा विभिन्न सञ्चार माध्यमका नाममा विनियोजन गरिएको बजेट कटौती गरेको मुख्यमन्त्री चौधरीले जानकारी दिएका छन् ।
मन्त्री नजिकका मिडियालाई लुम्बिनी प्रदेश सरकारले एकलौटी ढंगले बजेट विनियोज गरेको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री चौधरीलाई बजेट कटौती गर्न नैतिक दबाब परेको हो ।
0 comment