काठमाडौं – दुई दिनदेखि परेको लगातार अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित भएको छ ।
अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका– २ स्थित सुकुमबासी बस्तीका ४५ घरधुरीका १५० जनालाई बिहीबार सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
अदुवा खोलाको जलस्तर बढेपछि सम्भावित हुने खतरालाई मध्ये नजर गरी खोला आसपासका स्थानीय बासिन्दाहरुलाई बाह्रदशी– २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरको आसपासको सुरक्षीत स्थानमा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासीले सहयोग सारिएको रिजालले जानकारी दिएका छन ।
जिल्लाको कनकाई, माई, रतुवा, विरिङ, मेची,हडिया, निन्दा, कमल, अदुवा र देउनियाँ लगायतको नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अलर्ट गराइएको पनी जानकारी दिएका छन् ।
जिल्लाको दक्षिणी पालिकाहरूका कतिपय स्थानहरु डुबान र कटानको उच्च जोखिममा रहेको छ तर अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताएका छन् ।
0 comment