काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा लामिछानेले अहिले पार्टी विस्तार लगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेकोले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका हुन् ।
अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनलृ बताएका छन् । लामिछानेले मिटरव्याजसम्बन्धी कानुनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरेका छन् ।
पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रुपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको लामीछनेले बताएका छन् ।
0 comment