काठमाडौं – डोटीमा जिल्ला समन्वय समितिको गाडी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । 

बुधबार साँझ आर्दश गाउँपालिका २ का मौवामा बा १ ज ९४३९ नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै घाइते हुनेहरुमा आर्दश ५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडा नम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का रहेका प्रहरीले जानकारी दिएको छ ।