काठमाडौं - जातीय हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । 

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाका विरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका घटनाविरुद्ध मोर्चाले खबरदारी गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षड्यन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

उनीहरूले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।