काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई हातखुट्टा बाँधेर १२ घण्टा यातना दिएको भीडीयो सार्वजनिक भएको छ ।
प्रहरी जवान अनु रायलाई यातना दिने सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राई भएकोे आरोप लगाइएको छ ।
इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाह अनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए । सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए ।
मुखामुख गरेकै कारण रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले भने यातना नदिएको दाबी गरेका छन् ।
0 comment