काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
प्रधानमन्त्री दाहालको सचिवालयले दिएको जानकारी अनुसार, दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखीने र त्यसपछि अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जली दिनकालागि नेता, कार्यकर्ता र शुभेच्छुकहरु जानेक्रम जारी रहेको छ साथै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सर्वसाधारण र शुभेच्छुककहरुको भीड लागेको छ ।
दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले लामो समय देखी पीडित हुनुहुन्थयो । यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन । दाहालको ६९ वर्षको उमेरमा आज बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको थियो ।
0 comment