काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको धर्म पत्नी सीता दाहालको निधनले सिंगो पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको नेकपा माओबादी केन्द्रले जनाएको छ । 

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालले नेपालको कम्युनिष्ट पार्टी आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुरÞ्याएको बताएका छन् । साथै दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै माओवादी केन्द्रले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । अध्यक्ष कमरेड पुष्पकमल दाहाल ’प्रचण्ड’ की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा दुखःद निधन भएकोमा हाम्रो सिंगो पार्टी स्तब्ध भएको बताएका छन् । 

“वक्तव्यमा भनिएको छ,, सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।” 

वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि।सं। २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय सल्लाहकार थिइन् । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लोसमय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएकी थिइन् । भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । 

सल्लाहाकार दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखीने छ ।  बुधबार बिहान ८ः ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पार्थिव शरीरलाइ पशुपति आर्यघाटमा दिउँसो २ बजे अन्तेष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् । 

अहिले नर्भिक अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुकहरु जानेक्रम जारी रहेको छ ।