काठमाडौं – अछाममा भिरबाट लडेर एक छात्राको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा, अन्दाजी १५ वर्षीया अमृता साउद रहेको प्रहरीले जानकारी दिएको छ । विद्यालयका प्राधानाध्यापक रमेश धानुकले दिएको जानकारी अनुसार, उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर घर गएकी थिईन । 

मंगलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको ज्यान गएको विद्यालयका प्राधानाध्यापक रमेश धानुकले बताएका छन् ।