काठमाडौं – प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि बुधबारदेखि सुरु हुने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आज बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।
आज स्थगित भएको बैठकलाई कांग्रेसले साउन २ गते बोलाउन तयारी गरेको छ तर औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । एक वर्षपछि बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा पार्टीको नीति महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । कांग्रेसले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्वमात्रै चयन गरेको थियो । ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि डेढ वर्षसम्म मितिसमेत तय हुन सकेको छैन । सभापति देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए ।
0 comment