काठमाडौं – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले ५० वर्षका एक बावुलाई ३३ वर्षको कैदको फैसला सुनाएको छ । गएको चैत १ गते १७ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा सोमवार यो फैसला सुनाएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो साथै बलात्कार गरेको पुष्टि भएपछि हाडनाता करणीमा २५ वर्ष र उमेर अनुसार हुने बलात्कार सजायमा ८ वर्ष समेत थपेर आरोपी कसुरदार बावुलाई ३३ वर्ष कैदको सजाय सुनाइएको अदालतको फैसलामा उल्लेख गरीएको छ ।
0 comment