काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रस्टाचारका मुद्दा आफूहरूले उठाएको भन्दै स्टन्टबाजी गरेको लगाएका छन् । 

केही काम गर्न नसकेपछि प्रधानमन्त्रीले यस्ता कुराहरू ग्रोअप गरेको ओलीले बताएका छन् । भ्रष्टाचारका मुद्दामा अहिलेको सरकार कुनै योगदान नरहेको ओलीको भनाइ छ । अहिलेको सरकार, अहिलेका मन्त्रीहरू, अहिलेका प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारे भन्दैछन् । भ्रष्टाचारका मुद्दामा यो सरकारको कुनै योगदान न रहेको र यो पोलिटिकल स्टन्टबाजी हो, ओलीले बताए । 

भ्रष्टाचारका फाइल खोलेर एमालेलाई बदनाम गर्न यो सरकार अग्रसर रहेको बताउँदै ओलीले एमाले कुनै भ्रष्टाचारमा नफस्ने बताएका छन् साथै ।सत्तापक्षले संसदमै झुट बोलेको उनले आरोपसमेत लगाएका छन् । यिनहरूले के के गर्न खोज्दैछन् म पछि भनौंला । एमालेलाई बदनाम गर्न खोजे पनि एमाले कुनै भ्रस्टाचारमा फस्दैन ढुक्क भए हुन्छ । सुनको पितल भनेर पनि झुट बोलेकै हुन् । पार्लियामेन्ट जस्तो ठाउँमा झुट बोल्न पाइन्छ ? ओलीले प्रश्न गरेका छन् । 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे गत जेठ जेठ १९ गते नै प्रहरीमा निवेदन परेको बताउँदै गठबन्धनले नै उक्त फाइल पेन्डिङमा राखेको आरोप लगाएका छन् । अपराधि पृष्ठभूमि र अपराधिक मानसिकताहरूले यस्तो भ्रम फैलाउने भन्दै उनले माओवादी सांसदहरूलाई अपराधि पृष्ठभूमिबाट आएको आरोप लगाएका छन् ।