काठमाडौं – विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाल रहेका छन । रिजाललाइृ १६ हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलील नियन्त्रणमा लिएको हो ।
उनीहरूले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । यसबारे घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
0 comment