काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले गैरकानुनी रूपमा नेपाली श्रमिकमार्फत कतारबाट सुन तस्करी गरेको आरोपमा १२ जनालाई पक्राउ गरी उँनीहरुलाई सोमबार सार्वजनिक गरेको छ ।

यसर िपक्राउ पर्नेहरुमा, सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निभाइ साह रहेका छन् । 

बैदेशिक रोजगारको लागि गएका श्रमिकहरु नेपाल फर्कने क्रममा तस्करहरुले उनिहरुलाइ सुन बोके बापत केही रकम दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डाक्टर मनोज केसिले बताउनु भयो ।

काठमाडौमा तस्करीबाटै कमाएको पैसाले होटल खरिद गरेर सन्चालन गरि बस्ने बिनोद कुमार साह को बैंक खाताबाट ४१ करोड भन्दा बढी रकम भेटिएको छ भने त्यस्तै २ अर्व भन्दा बढी रकम लेनदेन देखिएको छ । साहका श्रीमती सन्जु कुमारी साहको बैक खाताबाट प्रहरीले २ करोड भन्दा बढी रकम बरामद गरेको छ ।

कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा निजहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्रि, घर जाने बेलामा पैसा दिने र घरमा पुर्याइदिने भन्दै सुन तस्करी गरी ल्याउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।