काठमाडौं – ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारबाट आएका सुर्खेतका कृष्णबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरी कतार एयरको ६५२ नम्बरको उडानबाट आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनको साथबाट भन्सार कार्यालयका कर्मचारीले ४० तोला सुन फेला पारेको हो । सुन पाएक लगत्तै भन्सार कार्यालयका अधिकारीले प्रहरीलाई खबर गरेको थियो । भन्सार जाँचका क्रममा चौधरी ४० तोला सुनसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
चौधरीले लुकाई छिपाई सुनका चार वटा विस्कुट ल्याएको प्रहरीले बताएको छ । बरामद भएको सुन चौधरीकै हो वा उनी भरियामात्र हुन् भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
0 comment