काठमाडौं – बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटन हुँदा एकजनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
यसरी मृत्यु हुनेमा, हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनु भएको छ । घाइतेमध्ये ५ जनाको स्वास्थये अवस्था गम्भीर रहेको बताइएको छ । केही घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने, गम्भीर घाइतेहरूलाई डडेलधुरा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस बैतडीको मेलौली नगरपालिका–७ को स्वाखानी भन्ने स्थानमा दुर्घटना हँदा बस अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको थियो ।
0 comment