काठमाडौं - महालेखा नियन्त्रकको कार्यालयले सबै सरकारी खाता एक साताका लागी रोक्का गरेको छ ।
महालेखाले यही असार १० गते जारी गरेको सूचनाअनुसार गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको जनाउँदै सबै सरकारी खाता रोक्का गरेको हो । महालेखाका अनुसार आइतबार रातिदेखि एक सातासम्म कुनै पनि रकम भुक्तानी हुने छैन ।
राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर चेक जारी गरेपनि कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइने छैन।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० मा आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।
0 comment