काठमाडौं - मिटरव्याजीविरुद्ध कानुन छिटो ल्याउन माग गर्दै संघीय संसद भवन अगाडि प्रदर्शन गरिएको छ।
काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजी पीडितहरूले कानुन छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानुनलाई निष्कृय पारेको भन्दै आफूहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।
सरकारले मिटरव्याजीलाई कारबाही गर्ने भनेपनि कार्यान्वयनमा नआएको पीडितहरुको आरोप छ । सरकारले मिटरव्याजीविरुद्ध अध्यादेश ल्याए पनि प्रधानमन्त्रीको अभिव्यक्तिका कारण संसदको दुवै सदनको कारवाही अवरुद्ध हुँदा पारित हुन सकेको छैन।
0 comment