काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धुव्रप्रसाद अर्याल र लोकहरि घिमिरे छन्। अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन्। घिमिरे समरजंग कम्पनीका तत्कालीन प्रमुख हुन्।
प्रहरीका अनुसार अर्याल र घिमिरेसहित ललिता निवास प्रकरणमा ११ जनालाई नियन्त्रणमा लिईएको छ।
प्रहरीका अनुसार यस प्रकरणमा केही पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण फेला परेको छ।
0 comment